बैसाख २०, २०८३ आइतबार May 3, 2026

मुम्बईमा तीव्र गतिले बढ्यो कोरोना, एकै दिन ३ हजार ६ सयमा संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भारतको मुम्बई सहरमा पछिल्लो २४ घण्टामा कोरोनाका ३ हजार ६७१ संक्रमित थपिएका छन् । यससँगै मुम्बईमा सक्रिय संक्रमितको संख्या बढेर ११ हजार ३६० पुगेको छ ।

बीएमसीका अनुसार मुम्बईका कुल संक्रमित मध्ये २९ सय धारावीबाट रहेका छन् ।

त्यस्तै पश्चिम बंगालमा पछिल्लो २४ घण्टामा २ हजार १२८ संक्रमित फेला परेका छन् । राज्यमा १२ जनाको मृत्यु भएको छ ।

संक्रमितको संख्या बढेसँगै मुम्बईमा विद्यालयहरु बन्द गरिएका छन् भने रात्रि व्यवसाय र यातायात क्षमतामा ५० प्रतिशत कटौती गरिएको छ । पसलहरु र मलहरुका लागि समय तोकिएको छ । मानिसहरु भेला हुन रोक लगाइएको छ । -एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया