वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

अमेरिकीमा ८० प्रतिशत आईसीयू बेडहरू भरिभराउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड-१९ ओमिक्रोन संस्करणको फैलावटका कारण अभूतपूर्व ओभरलोड अनुभव गरिरहेको छ ।

सघन उपचार एकाई (आईसीयू) मा ७८५ बेडहरू भरिभराउ छन् ।  जर्ज वाशिंगटन युनिभर्सिटी अस्पतालका प्रकोप चिकित्सा प्रमुख डा जेम्स फिलिप्सले  उक्त जनाकारी दिएको बिहीबार सीएनएनले जनाएको छ।

यो हप्ता अमेरिकामा महामारीको रेकर्ड बनेको छ जहाँ दैनिकरूपमा कोभिड-१९का घटनाहरू पाँच लाखभन्दा माथि छ । यो सँगै अस्पताल भर्ना हुने सङ्क्रमितको संख्या नाटकीय रूपमा बढेको छ । केही राज्यहरूमा लगभग तीन गुणा बढेको छ र स्वास्थ्य सेवा सुविधाहरूको प्रवाहमा जटिलता थपिएको छ ।

अमेरिकाको स्वास्थ्य र मानव सेवा विभागको तथ्याङ्क अनुसार बिहीबारसम्म ७८५ आईसीयू बेडहरू भरिएका छन् जसमध्ये २२५ कोभिड(१९का बिरामीहरू छन् ।

अन्य धेरै देशहरू जस्तै, अमेरिकाले अब ओमिक्रोन महामारीको नयाँ लहरको सामना गरिरहेको छ। रासस-एएनआइ

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ – अध्यक्ष नेपाल
२०८१ वैशाख १५, शनिबार
धरौटी बुझाएपछि रिहा भए दिपेश पुन
२०८१ वैशाख १४, शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
२०८१ वैशाख १४, शुक्रबार
संसद्लाई प्रभावकारी बनाए मात्र सङ्घीयता कार्यान्वयनमा सहजता : सभामुख
२०८१ वैशाख १४, शुक्रबार
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
२०८१ वैशाख १४, शुक्रबार
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
२०८१ वैशाख १४, शुक्रबार
निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि
२०८१ वैशाख १४, शुक्रबार