बैसाख २०, २०८३ आइतबार May 3, 2026

पाकिस्तानको कराँचीमा एएसआईसहित दुई जनाको गोली हानी हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानको कराँचीमा शुक्रबार सिन्ध पुलिसका सहायक उपनिरीक्षक (एएसआई) सहित दुई जनाको गोली हानी हत्या भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

यो घटना कराँचीको सोल्जर बजार नम्बर २ क्षेत्रमा भएको हो, जियो न्यूजले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पूर्व, कमर रजा जसकानीलाई उद्धृत गर्दै  लेखेको छ।

पाकिस्तानी प्रकाशनका अनुसार पीडितहरू, जावेद बलोच र मोहम्मद मुकाद्दस मोटरसाइकलमा यात्रा गर्दै थिए जब दुईवटा मोटरसाइकलमा आएका चार संदिग्धहरूले उनीहरूलाई पछ्याए र उनीहरूमाथि गोली प्रहार गरेका थिए।

मृत्यु हुनेहरू लियारीको चकीवारा गाउँपालिकाका बासिन्दा हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार गोली प्रहारमा ९ एमएमको पेस्तोल प्रयोग गरिएको थियो । घटनास्थलबाट १३ थान ९ एमएमको पेस्तोल गोलाबारुद बरामद गरिएको  जियो न्यूजले जनाएको छ । प्रारम्भिक अनुसन्धानले व्यक्तिगत दुश्मनीका कारण घटना भएको देखाएको छ । रासस-एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया