कार्तिक १७, २०८३ मंगलबार November 3, 2026

कपाल फुलेर हैरान हुनुहुन्छ ? यसरी बनाउन सकिन्छ कालो (टिप्स सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सेतो कपाल अर्थात कपाल फुल्नु , धेरैको निम्ति टाउको दुखाईको बिषय हो । एउटा निश्चित उमेरपछि कपाल फूल्नु स्वभाविक हो । यद्यपी अहिले कम उमेर वा किशोरवयमै कपाल सेतो हुने समस्या देखिन्छ । कपाल सेतो भएपछि त्यसलाई कालो बनाउन अनेक विधी अपनाइन्छ । धेरैले मेहेन्दी लगाउँछन् । यसले किशोरहरुको व्यक्तित्व विकासमा असर पर्छ नै, आत्माविश्वास पनि कमजोर हुन्छ ।

किन सेतो हुन्छ कपाल ?

हाम्रो शरीरमा मेलानोसाइटिस सेल्स पाइन्छ, जसले कालो वर्ण निर्माण गर्छ र हाम्रो कपाललाई कालो बनाउँछ । अक्सर यो मेलनिनको उत्पादन उमेर बढेसँगै घट्दै जान्छ । त्यही कारण बुढ्यौलीमा कपालको कालोपन हराउँदै जान्छ । अर्को कारण चाहि, जब कुनै कारणवस मेलनिनको उत्पादनमा अवरोध आउँछ, हाम्रो कपाल असमयमै सेतो हुन्छ ।

– एजिङ अर्थात बढ्दो उमेर

– पेटको गडबडी

– भोजनमा सहि पोषणको कमी

– हर्मोनमा परिवर्तन

– मदिराको सेवन

– धुमपान, जर्दा गुट्खा आदिको सेवन

– प्रदूषण

– केसको हेरचाह नगर्नु

– साइनस, थाइराइडको समस्या ।

– मानसिक तनाव अर्थात डिप्रेसन

– जथाभावी हेयर प्रोडक्टको प्रयोग

– वंशानुगत कारण

यसमध्ये कुनै कारणले पनि कपाल फूल्न सक्छ । पोषणयुक्त सन्तुलित खाना, घरेलु उपचार आदिको सहयोगले कपाललाई कालो बनाउन सकिन्छ ।

सावधानी

कपाललाई कालो बनाउनका लागि केमिकलयुक्त हेयर कलर खोजिरहनुभएको छ भने त्यो हानिकारक हुनसक्छ । यसले क्षणिक रुपमा त समस्याबाट पार लगाउँछ तर, दीर्घकालिन रुपमा नराम्रो क्षति पुर्‍याउन सक्छ । त्यसैले यसको उपचार प्राकृतिक विधीबाट नै खोज्नुपर्छ ।

अमला

सेतो कपाललाई कालो बनाउन अमला निकै उपयोगी हुन्छ । यसमा रहेको एन्टि एजिङ गुण र पोषक तत्व जस्तो कि भिटामिन सि मेलनिन कम गर्ने कारकसँग लड्छ र त्यसको निर्माणमा सहयोग गर्छ । फलतः केस कालो र घना हुन्छ । साथै केस झर्ने, रुखो हुने समस्याबाट पनि छुटकारा दिलाउँछ ।

सुख्खा अमला पिसेर पाउडर बनाउने । त्यसलाई नरिवलको तेलसँग मिसाउने । उक्त मिश्रणले राती सुत्नुअघि कपाल मसाज गर्नुपर्छ । रातभर त्यतीकै छाडेर बिहान सफा पानीले पखाल्नुपर्छ । यदि अमलासँगै मेथी दाना पनि तताएर लगाइयो भने थप प्रभावकारी हुन्छ ।

नरिवलको तेल र कागती रस

नरिवलको तेल कपालको लागि बरदान हो । यसले कपाललाई मोश्चराइज राखेर रुखो हुन नदिने मात्र होइन, कपाल र्झनबाट समेत बचाउँछ । साथै नरिवल तेलले कपाललाई पोषण पनि दिन्छ । त्यतीमात्र होइन, नरिवलको तेलको नियमित प्रयोगले सेतो कपाल कालो हुन्छ ।

यता कागतीको रसमा भिटामिन बि, भिटामिन सि हुन्छ । दुई चम्चा नरिवल तेलमा कागतीको रस मिसाएर कपालमा मसाज गर्नुपर्छ । एक घण्टापछि कपाल धुनुपर्छ । यसलाई लगाएर घाममा भने बस्नु हुँदैन । नरिवल तेलको ठाउँमा बदामको तेल पनि प्रयोग गर्न सकिन्छ ।

तोरीको तेल

तोरीको तेलमा यस्तो गुण हुन्छ, जसले मेलनिनको उत्पादन बढाउँछ । यसले कपाललाई कालो बनाउन मद्दत गर्छ । साथै तोरीको तेलको पोषणले केस बलियो पनि हुन्छ ।

प्याजको रस

सेतो कपालबाट मुक्ति पाउनका लागि एउटा सहज उपाय हो, प्याजको प्रयोग । प्याजमा यस्तो तत्व पाइन्छ, जसले कपाललाई सेतो बनाउने क्यास्टेल एन्टि अक्सिडेन्टको कमी हताएर कालो बनाइदिन्छ । प्याजलाई सलादको रुपमा सेवन गर्ने र त्यसको रस निकालेर कपालमा प्रयोग गर्नाले कपाल कालो हुन्छ ।

अन्य उपाय

– घरेलु उपचारका साथसाथै पोषणयुक्त खानेकुरा पनि सेवन गरौ । किनभने पोषणको कमीले पनि कपाल फूल्छ ।

– भिटामिन र मिनरल्स जस्ता भिटामिन बि १२, आइरन, कपर, आयोडिन आदिको कमी हुन दिनु हुँदैन ।

– सि फुड्स, मासु, अन्डा, दुध सेवन गरौ ।

– एन्टि अक्सिडेन्टयुक्त खानेकुरा सेवन गरौ । ग्रीन टि, अंगुर, हरियो पत्तेदार सब्जी, फल आदि सेवन गरौ ।

– ड्राइ फुड्स लगायत दुधजन्य परिकार, गाजर, फूल गोभी, तरबुजा, मेवा, सुन्तला सबै मिलाएर सेवन गर्नुपर्छ । -एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारको विज्ञप्तिप्रति डा. केसीको आपत्ति, माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने
२०८३ कार्तिक १७, मंगलबार
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट दुई उपसमितिका प्रतिवेदन सर्वसम्मतिले पारित
२०८३ कार्तिक १७, मंगलबार
अमेरिकी मध्यावधि निर्वाचनमा कङ्ग्रेसको बहुमतका लागि कडा प्रतिस्पर्धा
२०८३ कार्तिक १७, मंगलबार
श्रम संस्कृति पार्टी गरिब जनताको पक्षमा छ : हर्क साम्पाङ
२०८३ कार्तिक १७, मंगलबार
कोप-३१ मा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउछौँः मन्त्री चौधरी
२०८३ कार्तिक १७, मंगलबार
चीनले वित्तीय क्षेत्रमा एआईको प्रयोगबारे अध्ययन गर्ने
२०८३ कार्तिक १७, मंगलबार
कात्तिक २५ गते भाइटीका, बिहान ११:०७ बजे उत्तम साइत
२०८३ कार्तिक १७, मंगलबार