बैसाख २०, २०८३ आइतबार May 3, 2026

उत्तरपश्चिम पाकिस्तान भिडन्तमा २ सैनिक र २ आतङ्कवादी मारिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतङ्ककारीहरूबीचको भिडन्तमा दुई सैनिक र दुई आतङ्ककारीको मृत्यु भएको सेनाले बुधबार राति एक विज्ञप्ति मार्फत् जनाएको छ ।

सेनाले आतङ्कवादीहरूको उपस्थितिको सुराकीका आधारमा डेरा इस्माइल खान र दक्षिण वजिरिस्तान जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेसनहरू सञ्चालन गरेको सेनाको मिडिया शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्सले जनाएको छ।

“तीव्र गोलीबारीको क्रममा दुई आतङ्ककारी मारिएको, तीन आतङ्ककारीलाई पक्राउ गरियो र एक आतङ्कवादीले सुरक्षा बल समक्ष आत्मसमर्पण गरेको सेनाले जनाएको छ । साथै आतङ्कवादीसँग लड्दा दुई सैनिकले पनि ज्यान गुमाएका छन् । आतङ्कवादीहरूबाट इम्प्रोभाइज्ड विस्फोटक उपकरणहरू र रकेटहरू सहित हतियार र गोला बारूदको ठूलो परिणाम पनि बरामद गरिएको छ। रासस-सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
२०८३ बैसाख २०, आइतबार