बैसाख २०, २०८३ आइतबार May 3, 2026

मूल्य बृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीलाई गोली हान्ने आदेश दमनको परकाष्ठः अमेरिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनले कजाकस्तानमा सरकारले प्रदर्शनकारीलाई गोली हान्न दिएको आदेशको आलोचना गरेका छन् ।

मध्यएसियाली देश कजाकस्तानमा मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीविरुद्ध सरकारले चरम दमन गरिरहेको विवरण सार्वजनिक भइरहेका बेला अमेरिकी विदेशमन्त्रीको भनाई सार्वजनिक भएको हो ।

‘कजाकस्तानमा सरकारले प्रदर्शनकारीमाथि गरेको दमनको अमेरिकाले निन्दा गर्छ । सरकारले प्रदर्शनकारीलाई गोली ठोक्न सुरक्षाकर्मीलाई आदेश दिएको छ । यो गलत आदेश हो,’ उनले भने ।

मूल्य बृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिनु दमनको परकाष्ठ भएको उनले बताए ।

कजाकस्तानको अवस्थाबारे अमेरिकाले नजिकबाट हेरिरहेको बताउदै उनले सरकारले प्रदर्शनकारीको अधिकार रक्षा गर्न माग गरेका छन् ।

प्रहरीको गोली लागेर मूल्य बृद्धिको विरोधमा उत्रिएका १६० प्रदर्शनकारीको मृत्यु भएको छ भने पाँच हजार ८०० जना पक्राउ परेका छन् । त्यस्तै, दोहोरो झडपमा १६ सुरक्षाकर्मी मारिएका छन् । -एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
२०८३ बैसाख २०, आइतबार