बैसाख २०, २०८३ आइतबार May 3, 2026

उत्तर कोरियाद्वारा फेरि अज्ञात क्षेप्यास्त्र प्रक्षेपण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उत्तर कोरियाले मंगलबार पनि पुनः एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका ज्वइन्ट चिफ अफ स्टाफले दाबी गरेको छ । उत्तर कोरियाले सो क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरेको बताइएको छ ।

यो प्रक्षेपण ब्यालिस्टिक मिसाइल हुन सक्ने बताइएको छ । जापानिज कोस्ट गार्ड (जेसीएस)ले यो क्षेप्यास्त्र मिसाइल हुन सक्ने बताएका हुन् । यसबारेमा अझै पनि यकीन भने हुन सकेको छैन । उत्तर कोरियाले प्रक्षेपण गरेको यो क्षेप्यास्त्रको बारेमा दक्षिण कोरिया र जापानले आवश्यक अनुसन्धान थालेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालिस्टिक मिसाइल प्रक्षेपणमा प्रतिबन्ध लगाएको छ । मंगलबारको यस प्रक्षेपणका बारेमा दक्षिण कोरिया र अमेरिकी गुप्तचरहरूले अनुसन्धान गरिरहेको बताइएको छ ।

गतबुधबार उत्तर कोरियाले हाइपरसोनिक मिसाइल समुद्रतर्फ प्रक्षेपण गरेको थियो । यसै हप्ता उत्तर कोरियाले दुईवटा क्षेप्यास्त्र हानेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
२०८३ बैसाख २०, आइतबार