बैसाख २०, २०८३ आइतबार May 3, 2026

बग्दादस्थित अमेरिकी दूतावास परिसरमा रकेट आक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बगदादमा रहेको अमेरिकी दूतावासलाई बिहीबार संदिग्ध आतङ्कवादी समूहहरूले लक्षित गरी रकेट आक्रमण गरेको छ। रकेट आक्रमणमा एक महिला र एक युवती घाइते भएका छन् ।

दूतावासले ट्विटरमा भनेको छ, “आज साँझ अमेरिकी दूतावास परिसरमा इराकको सुरक्षा, सार्वभौमसत्ता र अन्तरराष्ट्रिय सम्बन्धलाई कमजोर पार्ने प्रयास गर्ने आतंकवादी समूहले आक्रमण गरेको थियो,” स्पुतनिक न्यूजले रिपोर्ट गरेको छ।

यसबाहेक, इराक सुरक्षा बलहरूले भने कि रकेटहरू बगदादको दक्षिणी क्षेत्रबाट प्रहार गरिएको र तथाकथित ग्रीन जोनलाई निशाना बनाइएको थियो जुन कूटनीतिक नियोग प्रशासनिक भवनहरू, र अमेरिकी दूतावास सहित अन्य दूतावासहरू रहेको क्षेत्र हो ।

अमेरिकी दूतावासलाई नियमित रूपमा इराक र सिरियामा आक्रमणको शृङ्खलामा मिसाइलहरूद्वारा निशाना बनाइएको छ जसमा इराकको ऐन अल-असद एयरबेस र सिरियाको ग्रीन भिलेज बेस नजिकै अप्रत्यक्ष रकेट आक्रमणहरू हुने गरेका छन्।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको कुलीन कुड्स फोर्सका कमाण्डर कासिम सुलेमानीको हत्याको दोस्रो वर्षगाँठ अघि र पछि हाल आक्रमणहरू तीव्र पारिएका छन् । रासस-एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
२०८३ बैसाख २०, आइतबार