बैसाख २०, २०८३ आइतबार May 3, 2026

स्वास्थ्य मापदण्ड सम्बन्धी राष्ट्रपति बाइडेनको आदेश अदालतबाट खारेज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकामा कोरोना खोपलाई अनिवार्य गराउने राष्ट्रपति जो बाइडेनको प्रयासमा धक्का लागेको छ ।

ओमिक्रोन भेरिएन्टले कोरोना महामारी बढाईरहेको बेला राष्ट्रपतिको आदेशमा जारी भएका केही स्वास्थ्य मापदण्डलाई अदालतले खारेज गरिदिएको हो । ठूला कम्पनीका मजदुरहरुलाई कोरोना खोप अनिवार्य गराउने, मास्क अनिवार्य लगाउनुपर्ने तथा हप्ताको एक पटक कोरोना परिक्षण गराउनुपर्ने नयाँ नियम राष्ट्रपति बाइडेनले जारी गरेका थिए । तर, अमेरिकाको सर्वोच्च अदालतले यो आदेश खारेज गरिदिएको छ ।

राष्ट्रपतिले आफ्नो क्षेत्राअधिकार बाहिर गएर आदेश दिएको ठहर गर्दै अदालतले उक्त आदेश खारेज गरिदिएको हो । बरु अदालतले सरकारी लगानीमा संचालित स्वास्थ्य कार्यालयहरुमा भने कोरोना विरुद्धको खोपलाई अनिवार्य गर्न सकिने सिमित आदेश दिएको छ ।

अदालतको आदेशले अमेरिकामा कोरोना नियन्त्रणमा गरिएका निस्वार्थ प्रयासमा बाधा पुगेको राष्ट्रपति बाइडेनको प्रतिक्रिया छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
२०८३ बैसाख २०, आइतबार