मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

कोरोना संक्रमितको उपचार गर्न थप दुई औषधिलाई विश्व स्वास्थ्य संगठनको अनुमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना संक्रमितको उपचारका लागि थप दुई औषधिलाई अनुमति दिएको छ । हिजो (बिहिबार) डब्लूएचओले ब्यारिसिटिनिब र क्यासिरिभिमाब-इमडेभिमाबलाई कोरोना संक्रमितहरुको उपचारमा प्रयोग गर्न अनुमति दिएको हो ।

बाथको रोगमा समेत प्रयोग हुँदै आएको ब्यारसिटिनिब औषधि कोभिडका गम्भीर बिरामीहरुलाई कोर्टिकोस्टोरइडस् औषधिसँग मिलाएर खुवाउन सकिने डब्लूएचओका विशेषज्ञ चिकित्सकहरुले जनाएका छन् । उक्त औषधिले बिरामीको स्वास्थ्यमा सुधार गर्दै भेन्टिलेसनसम्म जाने खतरा समेत नियन्त्रण गर्ने चिकित्सकहरुले उल्लेख गरेका छन् ।

उनीहरुले यो औषधि बिरामीमा परीक्षण गर्दा बिरामीलाई थप असर गर्न रोकेको थियो ।दुवै औषधिलाई एकैपटक सेवन नगर्न पनि चिकित्सकहरुले सुझाव दिएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया