मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

कोरोना संक्रमणबाट आज थप ४ जनाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः कोरोना भाईरस संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज नेपालमा कोरोनाका ४ हजार ६ सय ३६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ४९ हजार २०४ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ३ सय ५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १६ हजार ३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १४ हजार ५ सय ५६ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया