मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

लमजुङ अस्पतालमा ज्वराे क्लिनिक सञ्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः लमजुङ जिल्ला अस्पतालमा पुन: ज्वराे (फिभर) क्लिनिक सञ्चालन गरिएको छ । भर्ना भएका बिरामीमा काेभिड-१९ काे संक्रमणको सम्भावित जोखिम रहेकाले जाँचका लागि क्लिनिक सञ्चालन गरिएको हो । ज्वराे क्लिनिकबाट परीक्षण गरेर थप उपचार हुने गरेकाे अस्पतालका प्रशासकीय प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए ।

फिभर क्लिनिकसँगै अस्पतालमा कोभिड संक्रमितका लागि होल्डिङ सेन्टर र कोभिड वार्डको व्यवस्थापन गरिएको छ ।

आइसाेलेसन कक्षसँगै कोभिड संक्रमितको उपचारका लागि आवश्यक जनशक्ति पनि तयारी अवस्थामा राखिएको श्रेष्ठले बताए ।जिल्लामा हाल ६७ जना संक्रिय संक्रमित छन् ।

जसमध्ये दुई जना जिल्ला अस्पतालको आइसोलेशनमा र अन्य संक्रिय संक्रमित होम आइसोलेसनमा छन् । सोमबार एकैदिन ३५ जना संक्रमित थपिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया