मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

मंगलबार थप १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टिः ५ सय ६२ जना संक्रमणमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः आज देशभर १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

१७ हजार ८ सय ७२ नमूना पिसिआर परिक्षण गर्दा ८ हजार ७ सय ३० र ४ हजार ९ सय ५६ नमूना एन्टीजेन परिक्षण गर्दा १ हजार ५ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज काठमाडौँमा ४ हजार ४ जना संक्रमित थपिएका छन् भने ललितपुरमा ९ सय ७५ र भक्तपुरमा ५ सय ७० जना संक्रमित थपिएका छन् ।

यस्तै आज ५ सय ६२ जना संक्रमित निको भएका छन् भने संक्रमित एकको मृत्यु भएको छ । हाल देशभर ३९ हजार ४४ जना सक्रिय संक्रमित रहेका छन् ।

आज देशभर २ लाख १३ हजार १ सय ४८ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया