काठमाण्डौंः पछिल्लो २४ घण्टामा १० हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको परीक्षण गर्दा आधामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी ६ हजार चार सय ९० जनाको एन्टिजेन परीक्षण गर्दा २२ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ । २७ हजार ४९७ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा चार जनाको मृत्यु भएको छ भने ६ सय ४९ जना डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया