कार्तिक १७, २०८३ मंगलबार November 3, 2026

यस्ताे छ, प्रियंका गान्धी र रबर्ट वाड्राको ‘लभ स्टोरी’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः छिमेकी देश भारतमा गान्धी परिवारलाई ‘राजपरिवार’ वा ‘खान्दान’का रुपमा हेर्नेको संख्या निकै छ । यो परिवारको जीवनशैली जे जस्तो भए पनि वा जस्तोसुकै उपमा दिइए पनि वास्तवमा गान्धी परिवार एक ‘राजनीतिक परिवार’ हो । यही परिवारकी एक महत्वपूर्ण सदस्य अर्थात कांग्रेस आईकी नेतृ प्रियंका गान्धी यतिखेर भारतीय राजनीतिको तातो बहसको एक पात्र बनेकी छन् ।

सर्वसाधारण मानिसलाई यस्ता व्यक्तिले पनि कसैसँग प्रेम गर्लान् वा ती कसैबाट प्रभावित भई प्रेम गर्न थाल्लान् भन्ने उतिविधि विश्वास लाग्दैन । तर यथार्थ अलि फरक छ । प्रियंका गान्धीलाई रबर्ट वाड्रा नामक एक पुरुष १३ वर्षको उमेरमै मन परेको थियो ।

उता, रबर्ट पनि प्रियंकाको साधारणपनासँग मोहित भएका थिए । विस्तारै ती दुवैबीच कुराकानी बाक्लिँदै जान थाल्यो । प्रियंका पनि रबर्टप्रति आकर्षित हुँदै गइन् । यी दुईबीच विश्वास र आकर्षणको मात्रा यसरी वृद्धि हुँदै गयो कि, कुन बेलादेखि यिनले एकअर्कालाई प्रेम गर्न थाले दुवैलाई पत्तो भएन ।

राजनीतिक परिवार भएका कारण प्रियंकालाई अन्य मानिसले जसरी प्रेम गर्दै र कुनै पुरुषसँग ‘डेटिङ’ जाने छुट थिएन । त्यही कारण रबर्टले पनि आफ्नो प्रेमलाई गोप्य नै राखे । उनले एक म्यागजिनलाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘म चाहन्नथेँ कि, हाम्रो सम्बन्धबारे कसैले थाहा पाओस् । मानिसहरुले यो कुरा थाहा पाएमा अर्कै ढंगमा प्रचार गरिदिने सम्भावन अधिक थियो ।’

रबर्टले पहिलो पटक प्रियंकासँग प्रपोज गरेका थिए । तर त्यो प्रपोज कुनै उपहार दिएर वा अन्य तरिका अपनाएर गरिएको थिएन । दुवैजना बसेर आफ्नो सम्बन्ध र भविष्यका बारेमा गम्भीर वातचित गरेका थिए ।

यस सम्बन्धमा प्रियंकाले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘जब मैले रबर्टसँग पहिलो पटक भेटेकी थिएँ, त्यसबखत म केवल १३ वर्षकी थिएँ । उनी मसँग त्यत्तिकै पनि भेटिरहन्थे, जसरी अन्य मित्रसँग भेट्थे । मलाई यही कुरा मन परेको थियो ।’

प्रियंकाका कतिपय साथी रबर्टका पनि साथी थिए, किनकि ती दुवै एउटै विद्यालयमा पढ्थे । ती दुईबीचको पहिलो भेट त्यस्तै ‘कमन फ्रेन्ड’को घरमा भएको थियो । प्रियंका र रबर्ट दिल्लीस्थित विद्यालयमा पढ्थे । रबर्ट व्यापारिक घरानाका थिए भने प्रियंका ठूलो राजनीतिक परिवारकी सदस्य ।

यी दुईबीचको प्रेम सम्बन्ध जति झाँगिँदै गए पनि सार्वजनिक होला भन्ने डर उत्तिकै थियो । मिडिया होस् या अन्य राजनीतिक दल, तिनले यो कुराको सुइँको पाएमा गलत प्रचार हुन सक्ने सम्भावना थियो । त्यसैले आफ्नो सम्बन्ध’bout ती दुवैजना सचेत थिए । प्रेमलाई सही र उचित ढंगमा बुझ्ने समाज भारतमा बिलकुलै थिएन, त्यसको गलत प्रचार हुने भय ती दुवैजनालाई थियो ।

जब प्रियंकालाई रबर्टसँगको जिन्दगी सुखमय र सहज हुने विश्वास जाग्यो, तब उनले आफ्नो प्रेम’बारे परिवारलाई जानकारी दिइन् । के मानिन्छ भने, सुरुमा त गान्धी परिवार प्रियंका र रबर्टको प्रेमप्रति खुसी थिएनन् । तर प्रियंकाले फिल्मी शैलीमा परिवारलाई मनाएकी थिइन् ।

उता, रबर्टका पिता पनि गान्धी परिवारसँग जोडिन तयार थिएनन् । तर विस्तारै उनी पनि आफ्नो पुत्रको प्रेमप्रति खुसी हुँदै गए । यसरी ती दुईबीच १९९७ मा विवाह भयो । अहिले त प्रियंका र रबर्ट एक पुत्र, एक पुत्रीका मातापिता भइसकेका छन् ।

बालबच्चाको हेरचाहमा अधिक समय प्रियंकाले दिने गरेको रबर्ट बताउँछन् । आर्थिक भारको जिम्मेवारी रबर्टले लिएका छन् । एक व्यापारिक घरानाको सदस्य भएर पनि रबर्टलाई फजुल खर्च पटक्कै मन पर्दैन ।

रबर्ट निकै फिट रहन्छन्, उनी जिमका साथै अन्य एक्सरसाइज र मर्निङवाक अनि साइक्लिङ पनि गर्छन् । रबर्टलाई मोटरसाइकल र लग्जरी कारमा निकै रुचि छ । २०११ डिसेम्बरमा एक अंग्रेजी अखबारले उनलाई ‘बेस्ट डे«स्ड म्यान’को उपाधि दिएको थियो । रबर्ट गल्फ खेलमा पनि त्तिकै रुचि राख्छन् ।

भारतमा विधानसभा निर्वाचन संघारैमा आएको छ । यही कारण पनि वीजेपी, कंग्रेस र अन्य दलका महत्वपूर्ण नेता’बारे यतिखेर त्यहाँ चर्चापरिचर्चा चलिरहेको छ । प्रियंका उत्तरप्रदेशबाट मुख्यमन्त्री पदमा उम्मेदवार बन्ने चर्चा पनि उत्तिकै चुलिएको छ । यही सेरोफेरोलाई दृष्टिगत गर्दै भारतीय मिडियामा प्रियंका गान्धीजस्ता राजनीतिक हस्तीहरुका प्रोफाइल सार्वजनिक गर्ने क्रम पनि बाक्लिएको छ । (एजेन्सीकाे सहयाेगमा)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारको विज्ञप्तिप्रति डा. केसीको आपत्ति, माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने
२०८३ कार्तिक १७, मंगलबार
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट दुई उपसमितिका प्रतिवेदन सर्वसम्मतिले पारित
२०८३ कार्तिक १७, मंगलबार
अमेरिकी मध्यावधि निर्वाचनमा कङ्ग्रेसको बहुमतका लागि कडा प्रतिस्पर्धा
२०८३ कार्तिक १७, मंगलबार
श्रम संस्कृति पार्टी गरिब जनताको पक्षमा छ : हर्क साम्पाङ
२०८३ कार्तिक १७, मंगलबार
कोप-३१ मा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउछौँः मन्त्री चौधरी
२०८३ कार्तिक १७, मंगलबार
चीनले वित्तीय क्षेत्रमा एआईको प्रयोगबारे अध्ययन गर्ने
२०८३ कार्तिक १७, मंगलबार
कात्तिक २५ गते भाइटीका, बिहान ११:०७ बजे उत्तम साइत
२०८३ कार्तिक १७, मंगलबार