मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमा थप १० हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टिः चार जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः आज देशभर १० हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

१६ हजार ६ सय ५४ नमुनाको पिसिआर परीक्षण गर्दा ८ हजार ५४ र ४ हजार ५ सय ४७ नमुना एन्टीजेन परीक्षण गर्दा २ हजार २ सय ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज काठमाडौँमा ३ हजार ६ सय ३४ जना, ललितपुरमा ५ सय ८७ र भक्तपुरमा ४ सय ५५ गरी काठमाडौं उपत्यकामा ४ हजार ६ सय ७६ जना संक्रमित थपिएका छन् ।

यस्तै आज २ हजार ५ सय ४० जना संक्रमित निको भएका छन् भने संक्रमित ४ को मृत्यु भएको छ ।

तथ्याकं अनुसार हाल देशभर ८२ हजार ५ सय ५० जना सक्रिय संक्रमित रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया