मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमा थप १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टिः ३०४० जना संक्रमणमुक्त, ८ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः आज देशभर १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

१८ हजार १ सय ३ नमुनाको पिसिआर परीक्षण र ७ हजार ८ सय ६ जनाको एन्टिजेन्ट परीक्षण गर्दा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै आज ३ हजार ४० जना संक्रमित निको भएका छन् भने संक्रमित ८ को मृत्यु भएको छ ।

तथ्याकं अनुसार हाल देशभर ८८ हजार ९ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया