मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

प्रा. डा. श्रीकृष्ण गिरीमाथि आक्रमण गर्ने समुहको पहिचान गरी कारबाही गर्न चिकित्सक संघको माग (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौ‌ंः नेपाल चिकित्सक संघले संघका आजीवन सदस्य एवं चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीको सवारीसाधनमाथि अज्ञात समूहको अविलम्ब पहिचान गरी कारबाही गर्न माग गरेको छ।

संघका महासचिव डा बद्री रिजालले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त माग गरेको हो। माघ १३ गते प्रा डा गिरी लक्षित गरी उनको सवारी साधनमा अज्ञात समूहले आक्रमण गरेको थियो।

उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संघले चिकित्सकलाई नै लक्षित गरी सांघातिक हमला गर्ने र यस्ता अमानवीय गतिविधिमा संलग्न जो–कोही व्यक्ति वा समूहको अविलम्ब पहिचान गरी दोषीलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न माग गरेको छ।

यस्तो छ चिकित्सक संघको प्रेश विज्ञप्तीको पूर्णपाठः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया