मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमा थप ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार माघ १३ गतेदेखि १६ गतेसम्म प्राप्त भएका तथ्याङ्कका अनुसार चार दिनमा जम्मा ३२ जनाले कोभिड-१९ का कारण ज्यान गुमाएका छन्।

यस्तै आइतबार ६ हजार ३ सय ५९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। हाल देशभर ८३ हजार ९ सय ९९ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ९ हजार ९ सय १० पीसीआर तथा ३ हजार २३५ एन्टिजेन परीक्षण भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया