कार्तिक २३, २०८३ सोमबार November 9, 2026

वैकल्पिक परीक्षाको माग गर्दै सीटीईभिटीविरुद विद्यार्थीको प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः परीक्षा स्थगित गरिएको विरोधमा विद्यार्थीले दोस्रो दिन पनि जनकपुरधाममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी) विरुद्ध प्रदर्शन गरेका छन् ।

पटक–पटक परीक्षा स्थगित गरेर तीन वर्षको कोर्सलाई पाँच वर्षसम्म पुर्‍याउन लागेको भन्दै विद्यार्थीले आइतबार पनि विरोधप्रदर्शन गरेका हुन् । बढ्दै गएको कोरोना महामारी तथा परीक्षार्थीको संख्या पनि बढी भएकोले सीटीईभिटीले परीक्षा स्थगित गरेको थियो ।

कोरोना महामारीको कारण देखाउँदै परिषद्ले १५ मा तोकिएको बायोमेडिकलतर्फको प्रवेश परीक्षा स्थगित गरेको छ । त्यसैगरि परिषद्ले २२ माघमा प्रिडिप्लोमा तहको मौका परीक्षा र २७ माघमा वार्षिक प्रणाली र सेमेस्टर प्रणालीतर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषिलगायत विभिन्न कार्यक्रमअन्तर्गतका नियमित तथा मौका परीक्षा सञ्चालन गर्ने तयारी गरे पनि कोरोना महामारीका कारण स्थगित गरेको छ ।

यता, विद्यार्थीले वैकल्पिक विधिबाट परीक्षा हुनुपर्ने अथवा भौतिक उपस्थितिमा स्वास्थ्य मापदण्डको पालना गरी परीक्षा सञ्चालन गर्नुपर्ने, नभए आन्तरिक मूल्यांकनद्वारा नतिजा प्रकाशन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली मौलिक संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ, संरक्षणमा जुटौँ : केपी ओली
२०८३ कार्तिक २३, सोमबार
किताबसँगै जीवनको सीप सिक्दै विद्यार्थी
२०८३ कार्तिक २३, सोमबार
तिहारले आपसी सद्‌भाव र समृद्धिको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल
२०८३ कार्तिक २३, सोमबार
रैथाने सांस्कृतिक परम्परामा तिहारको विशेष महत्व : उपराष्ट्रपति यादव
२०८३ कार्तिक २३, सोमबार
बाजुरा जिल्ला अदालत तिहार बिदामा पनि खुला रहने
२०८३ कार्तिक २३, सोमबार
बिदामा पनि विद्यार्थीको पढाइ अनुगमन गर्न घरदैलोमा पुग्यो विद्यालय
२०८३ कार्तिक २३, सोमबार
स्पेनिस ला लिगा : एट्लेटिकोलाई २–१ ले हराउँदै बार्सिलोना शीर्षस्थानमा कायमै
२०८३ कार्तिक २३, सोमबार