बैसाख २१, २०८३ सोमबार May 4, 2026

अमेरिकासँग पारस्परिक सम्मानजनक सम्बन्ध चाहन्छौंः रसियाली विदेशमन्त्री लाभरोभ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 काठमाण्डौंः रसियाली विदेशमन्त्री सर्गेई लाभरोभले रसियाले अमेरिकासँग ‘पारस्परिक सम्मानजनक’ सम्बन्ध चाहेको बताएका छन् । युक्रेन संकटलाई लिएर अमेरिका र रसियाबीच तनाब चर्किरहेकै बेला विदेशमन्त्री लाभरोभको भनाई सार्वजनिक भएको हो ।

‘विश्वका अन्य देशहरुसँग झैँ हामीले अमेरिकासँग राम्रो, समान र पारस्परिक सम्मानजनक सम्बन्ध चाहन्छौं,’ रसियाको समाचार च्यानल ओनसँगको अन्तर्वार्तामा लाभरोभले भने । उनले अगाडि भने, ‘हामी एउटा त्यस्तो अवस्थामा बस्न सक्दैनौं जहाँ दैनिक हाम्रो सुरक्षामाथि धावा बोलिन्छ ।’

युक्रेनसँगको सीमामा रसियाले एक लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ । रसियाले युक्रेनमाथि अतिक्रमणको आशय नभएको बताए पनि पश्चिमालगायतका देशहरुले रसियाले युक्रेमाथि हमला गर्न खोजेको बताउँदै आएका छन् । सन् २०१४ को युद्धपछि रसियाले युक्रेनको महत्वपूर्ण भाग क्रिमियालाई आफ्नो भूभागमा विलय गराएको थियो ।

सीमामा रहेका फौज हटाउन रसियामाथि बढ्दो अन्तर्राष्ट्रिय दबाब छ । रसियाले कुनै पनि बेला युक्रेनमाथि अतिक्रमण गर्न सक्ने वासिंगटनले बताउँदै आएको छ । तर, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सिकीले आक्रमणबारे अनावश्यक त्रास सृजना नगर्न पश्चिमेली गठबन्धनलाई अनुरोध गर्दै आएका छन् ।

पूर्वी युरोपमा नेटोको अतिक्रमण बढेको भन्दै रसियाले वासिंगटन र अमेरिकी नेतृत्वको सैन्य गठबन्धनसँग सुरक्षा माग गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती
२०८३ बैसाख २१, सोमबार
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार