बैसाख २१, २०८३ सोमबार May 4, 2026

नाइजेरियामा अज्ञात बन्दुकधारीद्धारा एघारको हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः उत्तरी नाइजेरियाको कादुना भन्ने राज्यमा अज्ञात बन्दुकधारीले कम्तीमा पनि ११ जना सर्वसाधारण नागरिकको हत्या गरेका बताइएको छ ।सो राज्यमा विगतदेखि नै यस्ता हिंसात्मक हमलाहरु हुने गरेको छ । सो हमलामा परी हप्तैपिच्छे नागरिकको ज्यान जाने गरेको छ ।

आइतबार बिहानीपख ती अज्ञात बन्दुकधारीहरुले कादुनाको जाको काताफ गाउँमा पुगेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।गोली लागेर सो गाउँका ११ जनाको घटनास्थलमै ज्यान गएको थियो भने अरु छ जना गम्भीर रुपमा घाइते भएका छन् । उनीहरुले यस गाउँका कम्तीमा पनि ३६ ओटा घरमा पनि आगजनी गरेका छन् ।

प्रहरी निकै बेरपछि घटनास्थलमा पुगेको र त्यहाँ घाइते भएकाहरुलाई अस्पताल पुर्याएको थियो ।सो हमला कसले र किन गरेको हो भन्ने बारेमा पत्ता लागेको छैन । यस विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस-सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती
२०८३ बैसाख २१, सोमबार
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार