बैसाख २१, २०८३ सोमबार May 4, 2026

तालिबानद्वारा संयुक्त राष्ट्रसंघको प्रतिवेदनलाई अस्वीकार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः तालिबानले संयुक्त राष्ट्रसंघको प्रतिवेदनलाई अस्वीकार गरेको छ । उक्त प्रतिवेदनमा अघिल्लो सरकारका १०० भन्दा बढी अधिकारी र सुरक्षा बलका सदस्यहरू अफगानिस्तानबाट अमेरिका बाहिरिएपछि तालिबान वा यसका सहयोगीहरूले मारिएका हुन् भन्ने उल्लेख गरिएको छ ।

गत वर्ष अगस्टमा तालिबानले सत्ता कब्जा गरेपछि असरफ घानी सरकारका १०० भन्दा बढी सदस्य, यसका सुरक्षा बल र अन्तरराष्ट्रिय सेनासँग काम गर्ने मानिसहरू मारिएका रिपोर्टहरू बाहिरिएको थियो । यहाँको आन्तरिक मन्त्रालयले १०० भन्दा बढी अधिकारीहरु मारिएको आरोप लगाउँदै रोयटर्स द्वारा देखाइएको संयुक्त राष्ट्रसंघको रिपोर्ट को अस्वीकार गरेको छ।

प्रतिवेदनमा संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले भनेका छन् कि पूर्व सरकारसँग सम्बद्धहरूलाई सामान्य माफी दिए पनि अधिकांश मृत्यु तालिबान वा यसका सहयोगीहरूले गैरन्यायिक हत्याका कारण भएको बताइएको छ।

“सरकारका पूर्व सदस्यहरू, सुरक्षा बलहरू र अन्तरराष्ट्रिय सैन्य बलहरूसँग काम गर्नेहरूका लागि सामान्य माफीको घोषणाको बावजुद [अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसन] UNAMA ले विश्वसनीय हत्या, अपहरणका घटना जस्ता आरोपहरू प्राप्त गरिरहेको जनाइएको छ ।

युरोपेली संघ, फ्रान्स, जर्मनी, इटाली, नर्वे, बेलायत र अमेरिकाका विशेष प्रतिनिधि र विशेष दूतले अफगानिस्तानको अवस्थाबारे छलफल गर्न गत सोमबार ओस्लोमा भेटेका थिए।

बैठक पछि पश्चिमी राजदूतहरूले एक विज्ञप्तिमा मानव अधिकारको सम्मानको महत्त्व र अफगानिस्तानको स्थायित्व र शान्तिपूर्ण भविष्य सुनिश्चित गर्न समावेशी र प्रतिनिधि राजनीतिक प्रणालीको बलियो आवश्यकताको बारेमा चिन्ता व्यक्त गरेका थिए।

विशेष प्रतिनिधिहरूले तालिबानलाई स्वेच्छाचारी नजरबन्द, जबरजस्ती बेपत्ता, मिडिया क्र्याकडाउन, गैरन्यायिक हत्या, यातना र महिला र बालिकाहरूको शिक्षामा प्रतिबन्ध, रोजगारी र महिलालाई स्वतन्त्रतापूर्वक यात्रा गर्ने स्वतन्त्रता लगायतका मानवअधिकार उल्लङ्घनको चिन्ताजनक वृद्धि रोक्न थप गर्न आग्रह गरेका छन् । रासस-एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती
२०८३ बैसाख २१, सोमबार
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार