बैसाख २१, २०८३ सोमबार May 4, 2026

युक्रेनमा आक्रमण गर्ने कुनै योजना छैन – रुस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भेसिली नेभेजियाले रुसले अहिले युक्रेनमा आक्रमण गर्ने कुनै योजना नरहेको बताउनुभएको छ । उहाँले सोमबार भन्नुभयो– युक्रेनको सीमाक्षेत्र नजिकै तर रुसको भूभागमा रुसले गरेका सैनिकहरुको तैनाथलाई कतिपय पश्चिमा देशहरुले रुसले आक्रमण गर्नका लागि त्यहाँ सेना राखेको भनेर प्रचार गरेको बताउनुभयो ।

तर आफ्नो सीमा क्षेत्रमा राखेका सेना रुसले आफ्नै भूभागतर्फको सुरक्षाका लागि मात्र रहेको पनि राजदूत नेभेजियाले बताउनुभएको छ ।यसरी आफ्नो भूभागमा सेना राख्दैमा त्यसलाई आक्रमण नै गर्न लाग्यो भन्नु पश्चिमा देशहरुले रुसमाथि लगाएको आरोपमात्र भएको उहाँले बताउनुभएको छ ।

युक्रेनको सीमा क्षेत्रमा रुसले केही महिनादेखि ठूलो संख्यामा सेना तैनाथ गरेको जनाएको छ ।तर ती सेना रुसले युक्रेनलाई आक्रमण गर्नका लागि राखेको भन्दै अमेरिका र बेलायतले त आफ्ना नागरिकलाई युक्रेनबाट स्वदेश फिर्ता पनि बोलाएका छन् ।

अमेरिका र बेलायतमा युक्रेनमा रहेको आफ्नो दूताबासका कर्मचारीलाई फिर्ता बोलाएका छन् । साथै ती देशले अत्याबश्यक कामबाहेक युक्रेनको भ्रमणमा पनि नजान आफ्ना नागरिकलाई भनेका छन् । रासस-सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती
२०८३ बैसाख २१, सोमबार
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार