बैसाख २१, २०८३ सोमबार May 4, 2026

राष्ट्रपति बाइडेन र कतारका अमीर बीच भेटवार्ताः खाडी क्षेत्रको सुरक्षाबारे छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार कतारका अमीर शेख तमिम बिन हमाद अल थानीसँग भेट गर्नुभएको छ । उहाँहरूले खाडी र फराकिलो मध्यपूर्व क्षेत्रमा सुरक्षा र समृद्धि प्रवर्द्धन गर्न आफ्ना आपसी चासोको विषयमा जोड दिनुभएको छ।

दुवै पक्षले विश्वव्यापी ऊर्जा आपूर्तिको स्थिरता, अफगानिस्तानका जनतालाई सहयोग गर्ने र व्यावसायिक र लगानी सहकार्यलाई सुदृढ गर्ने विषयमा जोड दिएको ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपति र अमिरले बोइङ र कतार एयरवेज समूहबीचको २० अर्ब अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर गरेकोमा स्वागत गर्नुभएको छ। जसले हजारौं अमेरिकी उत्पादनमूलक रोजगारीहरूलाई सहयोग गर्ने अपेक्षा गरिएको छ।

संयुक्त राज्य अमेरिका र कतार बीचको रणनीतिक साझेदारीको मान्यतामा जुन विगत ५० वर्षमा गहिरो भएको छ । राष्ट्रपतिले कतारलाई प्रमुख गैर-नेटो सहयोगीको रूपमा तोक्ने आफ्नो मनसाय अमिरलाई जानकारी दिनुभयो। रासस-एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती
२०८३ बैसाख २१, सोमबार
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार