वैशाख २३, २०८१ आइतबार May 5, 2024

ललितपुरमा विद्यार्थीलाई बिहीबारबाट फाइजरको दोस्रो डाेज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ललितपुर महानगरपालिका क्षेत्रका विद्यार्थीले बिहीबारबाट काेभिड-१८विरुद्धकाे फाइजर खाेपकाे दाेस्राे डाेज लगाउन पाउने भएका छन् । यसअघि फाइजरकाे पहिलाे डाेज लगाएका १२ देखि १७ वर्ष उमेरकासम्म विद्यार्थीलाई २० माघदेखि २५ माघसम्म दोस्रो डाेज दिइन लागिएकाे हाे ।

खोप अभियान बिहान १० बजे देखि ४ बजेसम्म विद्यालय खाेप केन्द्रमा चल्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए ।

उनका अनुसार २७ पुसमा फाइजर लगाएकालाई २० माघमा वडा नम्बर १ देखि ४ गतेसम्मका विद्यालयमा खोप केन्द्र तोकिएको छ ।

२८ पुसमा  खोप लगाएकालाई २१ माघमा वडा नम्बर ५ देखि ८ सम्मका विद्यालयमा खोप केन्द्र तोकिएको छ ।  २९ पुसमा खोप लगाएकालाई २३ माघमा वडा न ९ देखि १४ र १५ का केही विद्यालयमा खोप केन्द्र ताेकिएकाे छ ।

३० पुसमा  खोप लगाएकालाई २४ गते माघमा वडा नम्बर १५ का बाँकी विद्यालय र वडा नम्बर १६ देखि २१ सम्मका विद्यालयमा खोप केन्द्र तोकिएको छ । २ माघमा खोप लगाएकाको हकमा महानगरपालिकाले २५ माघमा  वडा नम्बर २२ देखि २९ सम्मका विद्यालयमा खोप केन्द्र ताेकेकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया