वैशाख २३, २०८१ आइतबार May 5, 2024

धनगढीमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरी निरीक्षक गौरी जैसी घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका विद्यार्थी र प्रहरीबीच कैलालीको धनगढीमा झडप भएको छ ।

अनेरास्ववियु र राष्ट्रिय युवा संघले बुधबार संयुक्त रुपमा आयोजना गरेको बिरोध र्‍याली  धनगढीस्थित सुदूरपश्चिम प्रदेश मुख्यन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पुगेर रोकिएको थियो । मुख्यमन्त्री कार्यालय अगाडि विद्यार्थीले राके जुलुस निकाल्न खोजेपछि प्रहरीले लाठी चार्ज गर्न खोज्दा झडप भएको हो ।

प्रहरीले लाठी चार्ज गरेपछि विद्यार्थीले ढुंगा हानेका थिए । आन्दोलनरत विद्यार्थीले प्रहार गरेको ढुंगा लागेर वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज प्रहरी निरीक्षक गौरी जैसी र एक जना प्रहरी जवान सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए । अहिले स्थिति सामान्य बनेको उनले बताए ।
प्रहरीको लाठी चार्जपछि विद्यार्थीले मुख्यमन्त्री राजीनामा दे, प्रधानमन्त्री मुर्दावाद, पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्तागर भन्दै नाराबाजी गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया