वैशाख २४, २०८१ सोमबार May 6, 2024

आइतबारदेखि विद्यालय खुल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गोकर्णेश्वर नगरपालिका भित्रका विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन् । नगरपालिकाले सूचना जारी गर्दै विद्यालय खुल्ने जानकारी दिएको हो ।

नगरपालिकाले नगर भित्रका सबै विद्यालय भौतिक दूरीसहित स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालन गर्न अनुरोध गरेको छ ।

मापदण्ड पुरा गरे-नगरेको अनुगमन गर्ने नगरपालिकाका शिक्षा, स्वास्थ्य तथा खेलकुद शाखाका उपसचिव विजयप्रसाद आचार्यले जानकारी दिनुभयो । विद्यालय सम्बद्ध विभिन्न पेशागत संघ संगठनको माग अनुसार कक्षा सञ्चालन गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया