जेठ ६, २०८१ आइतबार May 19, 2024

कक्षा १२ को परीक्षा आवेदन फाराम भर्ने अन्तिम म्याद माघ मसान्तसम्म (सूचना सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालमा सञ्चालन हुने कक्षा १२ (नियमित/आंशिक) र कक्षा ११ (आंशिक /ग्रेडवृद्धि मात्र) को वार्षिक सहभागि हुनका लागि रकम बुझाउन छुटेका परीक्षार्थीका लागि समय थप गरीएको छ ।

तोकिएको समयमा आवेदन फाराम बापत रकम बुझाउन छुट भएका परीक्षार्थीहरुले याही माघ मसान्तसम्म दोब्बर दस्तुर बुझाई परीक्षा आवेदन फाराम भर्न सकिने जनाएको छ ।

साथै कक्षा ११ को रजिस्ट्रेसन फाराम बुझाउने समय थप गरेको छ । बोर्डले माघ ७ गते भित्र सम्बन्भित कार्यालयहरुमा बुझाउन भने पनि विभिन्न कारणले फाराम बुझाउन छुटेका विद्यार्थीहरुका लागि समय थप गरेको हो ।

फाराम बुझाउन छुटेका विद्यार्थीहरुले माघ मसान्तभित्र देब्बर दस्तुर (प्रति विद्यार्थी ८००) सहित सम्बन्धित विद्यालय मार्फत बोर्डका कार्यलयहरुमा फारम बुझाउन सूचित गरेको छ । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया