मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमा थप १९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टिः ५१०३ जना कोरोनामुक्त, ११ को मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) बाट थप १९ सय ५७ जना संक्रमित भएको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार पछिल्लो २४ घन्टाको कोभिड १९ विवरण सार्वजनिक गर्ने क्रममा यसको पुष्टि गरेको हो। यस्तै सोही अवधिमा कोरोनाबाट ११ जनाले ज्यान गुमाएका छन्।

१२ हजार ६९२ नमूना परीक्षण गराउँदा १९ सय ५७ जनामा कोरोना संक्रमण देखिएको हो। सोमबार कोरोनाबाट १३ जनाको मृत्यु भएको थियो भने १५ सय ७० जनामा संक्रमण देखिएको थियो।

मन्त्रालयका अनुसार मंगलबार थप ५१०३ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९ लाख २० हजार ५९२ पुगेको छ। पछिल्लो २४ घन्टामा २ लाख ७३ हजार ३४९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

हाल कोरोना सक्रिय संक्रमितको संख्या ३६ हजार १८१ रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया