काठमाडौं । पर्यटन विभागले हिउँदे पर्वतारोहणका लागि अनुमति खुला गरेको छ। सगरमाथासहितका हिमाल आरोहरणका लागि पर्यटन विभागले अनुमति खुला गरेको हो।
अनुमति खुला भएपछि चारओटा हिमाल आरोहणका लागि पर्वतारोहीले अनुमति लिएका छन्। सगरमाथा, नुप्त्से, आमादब्लम र रोक्पाइ हिमाल आरोहणका लागि पर्वतारोहीले अनुमति लिएका हुन्।
सगरमाथा आरोहणका लागि अहिलेसम्म पाँच जनाले विभागबाट अनुमति लिइसकेका छन्। अनुमति लिनेमा दुई जना जर्मनी र तीन जना स्पेनी नागरिक छन्।
त्यसैगरी नुप्त्सेका लागि पाँच जना, आमादब्लमका लागि १५ जना र रोक्पाइ हिमालका लागि दुई जनाले अनुमति लिएको विभागले जनाएको छ।
अहिलेसम्म पाँचओटा टोलीका २७ जनाले हिउँदे आरोहणका लागि अनुमति लिइसकेका छन्। नेपालमा हिउँद र वसन्त याममा धेरैजसो पर्वतारोहण हुने गरेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया