काठमाण्डौः प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार मृत्यु हुनेमा पाँच महिला र एक पुरुष रहेका छन् । प्रदेशमा सोही अवधिमा २७४ जनामा कोरोना सङ्क्रमण भएको छ ।
मन्त्रालयका अनुसार ५९३ को पीसीआर परीक्षण गर्दा १२८ र ५३६ जनाको एन्टिजेन परीक्षण गर्दा १४६ मा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशमा आज ३८१ कोरोना सङ्क्रमण मुक्त भएका छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ३७३ रहेको मन्त्रालयले जनाएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया