मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

बिहिबार थप १ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः देशभर आज १ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

११ हजार ८ सय ८० जनाको नमुना परीक्षण गर्दा १ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज संक्रमित २ हजार २ सय ३८ जना निको भएका छन् भने हालसम्म कुल संक्रमित मध्ये ९५ दशमलव ८ प्रतिशत संक्रमित निको भइसकेका छन् ।

यस्तै आज संक्रमित १२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ८ सय ६४ पुगेको छ ।

हाल देशभर २९ हजार ४ जना सक्रिय संक्रमित रहेका छन् । आज २ लाख २० हजार ६ सय १ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया