मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमा थप ६ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः आज देशभर थप ६ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

६ हजार ७ सय ८२ नमुनाको पिसिआर परिक्षण गर्दा ५ सय ४८  र २ हजार ९ सय ७४ नमुना एन्टीजेन परिक्षण गर्दा १ सय ८५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज एक हजार ६ सय संक्रमित निको भएका छन् भने हालसम्म ९६ दशमलव ९ प्रतिशत संक्रमित निको भइसेकेका छन् ।

आज संक्रमित ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ५ पुगेको छ ।

हाल देशभर १८ हजार २ सय ५१ सक्रिय संक्रमित रहेका छन् ।

आज २ लाख १४ हजार १ सय ३ जनाले कोरोना विरुद्धको खोप लगाएका मन्त्रालयले जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया