बैसाख २१, २०८३ सोमबार May 4, 2026

चीनमा स्थानीय स्तरमै कोभिड संक्रमित भेटिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनमा स्थानीय स्तरका ४० जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । यहाँका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । प्राप्त समाचारअनुसार बिहीबार यहाँका ग्वाङदोन, जान्सु, युनानलगायतका शहरहरुमा ती संत्रमित भेटिएका हुन् । यहाँको नेसनल हेल्थ कमिसनले सो कुराको जानकारी दिएको हो ।

तीमध्ये कतिपय नागरिकहरु बाहिरबाट आएका पनि रहेका छन् । सांघाइमा देशबाहिरबाट आएका केही संक्रमितहरु फेला परेका पनि अधिकारीहरुले जानकारी दिएका छन् ।ती अधिकारीका अनुसार अहिले चीनमा १ हजार ४०० भन्दा केही बढी संक्रमितहरु उपचाररत रहेका छन् । ती अधिकारीहरुका अनुसार तीमध्ये २५ जनाको अवस्था गम्भीर रहेको छ ।

चीनले पछिल्लो समयमा जनस्वास्थ्यका मापदण्डमा निकै कडाइ गर्नुका साथै अन्य सतर्कताका कारण धेरै नागरिकमा यो संक्रमण सर्न पाएको छैन । चीन सरकारले नागरिकहरुलाई कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको जनाएको छ । रासस-सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया