बैसाख २१, २०८३ सोमबार May 4, 2026

पूर्वी युक्रेनमा रुसी सेना पठाउन पुटिनको आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुसी राष्ट्रपति भ्लादमिर पुटिनले विखन्डनकारीहरुको नियन्त्रणमा रहेको पूर्वी युक्रेनमा रुसी सेना पठाउन आदेश दिएका छन् । स्वतन्त्र राज्य घोषणा गरेपछि राष्ट्रपति पुटिनले दोनेत्स्क र लुहान्सकमा सेना पठाउन आदेश दिएका हुन् ।

बिखन्डनकारीको नियन्त्रमा खटाइने सेना शान्ति अभियानमा लाग्ने रसियाले बताएको छ । तर, अमेरिकाले त्यसलाई बकबास भन्दै युद्धको बहाना भनेको छ ।

दोनेत्स्क र लुहान्सकमा बिखन्डनकारीहरुले युक्रेनी सेनाविरुद्ध सन् २०१४ देखि लडिरहेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले रुसले आफ्नो सार्वभौमसत्ता उल्लंघन गरेको आरोप लगाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया