बैसाख २२, २०८३ मंगलबार May 5, 2026

संसद् अवरोधबारे सत्तापक्ष र सभामुखले हामीले उठाएको मागका विषयमा गम्भीरतापूर्वक कुनै कुरा नै गर्नुभएको छैन । – सुवाष नेम्वाङ (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एमसिसी संसद्मा टेबुल भएपछि औपचारिक धारणा बनाउँछौँ भन्नुभएको थियो, तपाईंंहरूको ‘पोजिसन’ के हो ? 

सत्तापक्षले टेबुल गर्न खोजेको हो कि होइन ? सत्तापक्षको के छ नियत ? यसलाई गम्भीरतापूर्वक हेरिरहेका छौँ । अझै केही समय छ । सरकारको तर्फबाट मन्त्रीले टेबुल गर्नुभो, तर सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकमा सरकारको एउटा मुख्य घटक माओवादी केन्द्रका प्रमुख सचेतकसहित केहीले असहमति राख्नुभो । उहाँले सदनमा पनि बोलेर प्रधानमन्त्रीज्यूकै अगाडि एमसिसी अगाडि बढाउन पाइँदैन भन्दै विरोध गर्नुभो । हामीले बेल घेर्‍यौँ, सत्तापक्ष पनि विरोधमा उत्रियो । ती सब आँखैअगाडि प्रधानमन्त्रीले टुलुटुलु हेरिरहनुभो । के नियतले टेबुल गरेजस्तो लाग्छ ? उहाँहरूले के गर्नुहुन्छ भन्ने नै देखिँदैन ।

पास–फेलको निश्चित अवस्था देखिएपछि मात्र एमाले बोल्ने हो ? 

संसद् अवरोधबारे सत्तापक्ष र सभामुखले हामीले उठाएको मागका विषयमा गम्भीरतापूर्वक कुनै कुरा नै गर्नुभएको छैन । मन्त्रीले टेबुल गर्नुभो, तर सत्तागठबन्धनकै महत्वपूर्ण पक्षले कार्यव्यवस्थामा असहमति राखेको छ । प्रधानमन्त्रीकै उपस्थितिमा सिंगो दल बसेको ठाउँबाट उठेर सहमति छैन, फिर्ता गरियोस्, खारेज गरियोस् भन्नुहुन्छ, नारा लगाउनुहुन्छ । यो सत्तापक्षले नै प्रस्ट पार्नुपर्छ । संसदीय प्रणालीमा, प्रधानमन्त्रीय पद्धतिमा यस्ता काम कसरी हुन्छन् ? हामी त छक्क परेका छौँ । सडकमा आन्दोलन छ, त्यहाँ स्वयं सत्तापक्षकै वरिष्ठ साथीभाइ पनि उत्रिनुभएको छ ।

सत्तापक्षका केही दलसँग आश्वस्त नभएरै प्रधानमन्त्री एमाले अध्यक्षसँग निरन्तर वार्तामा हुनुहुन्छ, हो ? 

व्यवहारबाट के देखा परेको छ ? अहिलेको संवेदनशील स्थितिबाट नेपाली जनताले के बुझिरहेका छन् ? त्यसकारण हाम्रो जिज्ञासा त ती सबै सत्तापक्षले प्रस्ट पार्नुपर्छ भन्ने हो ।

बाहिरबाट त सत्तागठबन्धन टुट्यो भने एमालेले सरकारलाई समर्थन गर्छ, सरकारमा जाने सम्भावना छ, एमसिसी पनि पास हुन्छ, महाभियोग पनि टुंगोमा पुग्छ भनेर विश्लेषण गर्न थालिएको छ नि ? 

विश्लेषण गर्न पाउने आ–आफ्नो अधिकारको कुरा हो । हामीले लोकतन्त्र नै त्यसैका लागि ल्याएको हुँदा, त्यसमा मेरो प्रतिक्रिया छैन । तर, मैले त संसदीय प्रणालीको कुरा उठाइरहेको छु ।

एमसिसी तत्कालीन प्रधानमन्त्री केपी ओलीले नै पास गराउन खोज्नुभएको थियो । उहाँले संसद् सचिवालयमा संसद् बैठकमा टेबुलका लागि प्रस्ताव पनि दर्ता गराउनुभएको हो । अहिले त्यही प्रस्ताव टेबुल हुँदा तपाईंहरू आफ्नै प्रस्तावको पक्षमा नबोल्ने ? नैतिक प्रश्न त अब तपाईंहरूतिरै उठ्यो नि, होइन ? 

अहिले त्यो प्रश्न उठ्ने वेला भइसकेको छैन । निर्णय गर्दा हामी के गर्छौँ भन्ने हो । यति भनिरहेका छौँ– अहिले हामी प्रतिपक्षमा छौँ, आन्दोलनमा छौँ र संसद्को अवरोधमा छौँ । त्यसप्रति सत्तापक्ष, सभामुख कोही पनि गम्भीर हुनुहुन्न । जहाँसम्म एमसिसीको सवाल छ, हामीले सरकारमा रहँदा सम्झौता गरेका होइनौँ । तर, एउटा उत्तरदायी सरकारको नाताले जिम्मेवारी ग्रहण गर्दै अगाडि बढाउने सिलसिलामा सदनमा प्रस्तुत गर्न दर्ता गर्‍यौँ । तर, त्यसलाई प्रस्तुत हुनबाट यत्रो समय रोक्यो कसले ? यो विषय गिजोलेर यो स्थितिमा कसले ल्याएको हो ? के यसको केही पनि हिसाबकिताब र जवाफ हुँदैन ? बल्लबल्ल सरकारले टेबुल गरेको छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकहरूसँग छलफल
२०८३ बैसाख २२, मंगलबार
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
२०८३ बैसाख २२, मंगलबार
अमेरिकाले कब्जा गरेको जहाजको चालक दलका सदस्य इरानलाई हस्तान्तरण : अधिकारी
२०८३ बैसाख २२, मंगलबार
सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन आदेश
२०८३ बैसाख २२, मंगलबार
राखेपका १९ जना बोर्ड सदस्य पदमुक्त (सूची सहित)
२०८३ बैसाख २२, मंगलबार
विद्यार्थीको रुचि अनुसार पठनपाठनमा प्राथमिकताः मुख्यमन्त्री आचार्य
२०८३ बैसाख २२, मंगलबार
वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय
२०८३ बैसाख २२, मंगलबार