बैसाख २१, २०८३ सोमबार May 4, 2026

भियतनामद्वारा २० देशका लागि फेरि हवाई उडान खुल्ला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भियतनामलेले २० देशमा हुने हवाई उडान फेरि खुल्ला गरेको छ ।

कोरोनाभाइरसको महामारीका कारण बन्द गरिएको उडान सेवा अहिले महामारी कम भएकाले सुचारु गर्न लागिएको अधिकारीहरूले जनाएका छन् ।

उडान खुल्ला गरिएका देशहरूमा अष्ट्रेलिया, चीन, जापान, दक्षिण कोरिया, सिङ्गापुर, फ्रान्स, जर्मनी, रुस, अमेरिकालगायतका रहेका छन् ।

भियतनामको यातायात मन्त्रालय मातहतको यातायात विभागका निर्देशक त्रान बायो इन्गोकले अरु सात देशमा भने अझै पनि अडान खुल्ला नगरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि उडान हुँदै आएका ब्रुनाई, भारत, इन्डोनेसिया, म्यानमार, फिनल्याण्ड, इटली र स्विजरल्याण्डमा भने अहिले पनि उडान पुनः सञ्चालन गरिएको छैन ।

भियतनाममा अहिले हप्ताभरीमा आवत जावत गरेर ३७० उडान हुने गरेको पनि निर्देशक इन्डोकले बताउनुभयो । रासस/ सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया