बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

उपसभामुख माग्दै नेकपासँग कटौरा थाप्नु मनासिव होइन : कांग्रेस नेता गुरुङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता धनराज गुरुङले सभामुख सत्ता र प्रतिपक्ष दुवैको नहुने बताएका छन्।

उपसभामुखका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको समचार सार्वजनिक भएपछि नेता गुरुङले उपसभामुखका लागि नेकपासँग कटौरा थाप्नु मनासिव नभएको बताएका छन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

‘संविधान बमोजिम सभामुख-उपसभामुख फरक दल तथा फरक लिंगको हुनुपर्छ। सभामुख/उपसभामुख सत्तापक्ष र प्रतिपक्षको हुँदैन भन्ने मान्यता पनि छ’, गुरुङले ट्विटमा लेखेका छन्, ‘तर, यतिखेर उपसभामुख पदका लागि कटौरा थाप्नु मनासिव हो जस्तो लाग्दैन। शीर्ष नेतृत्वको जो मर्जी’

उपसभामुखमा आकांक्षा राख्दै कांग्रेसले सभामुखमा उम्मेदवारी समेत दिएको छैन। सभामुखमा नेकपाका अग्नि सापकोटाको मात्रै उम्मेदवारी परेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार