मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जोर्नीको प्रत्यारोपण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः दाङ घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जोर्नीको सफल प्रत्यारोपण गरिएको छ । प्रतिष्ठानका डिन,हाडजोर्नी रोग विशेषज्ञ डा. सागर क्षेत्री नेतृत्वको चिकित्सकीय टोलीले कुहिनोको जोर्नीको सफल प्रत्यारोपण गरेको हो ।

शल्यक्रिया पछि बिरामीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको अस्पतालले जनाएको छ ।

यसअघि प्रतिष्ठानमा मेरुदण्डको सफल शल्यकृया भएको थियो । पछिल्लो समय प्रतिष्ठानमा हाडजोर्नीका बिरामीहरु उपचार गर्न आउने संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

आइसियु, भेन्टिलेटर, सिटिस्क्यानसहितको सेवा विस्तार भएपछि प्रतिष्ठानमा उपचारमा आउने बिरामीहरुको चाप बढेको छ । अहिले एम.आर.आई मेसिन पनि थपिए पछि प्रतिष्ठानको थप सेवा विस्तार भएको छ । एमआरआई मेसिन सेटअप गर्न केही समय लाग्ने प्रतिष्ठानले जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया