मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

सर्लाही जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मधेश प्रदेशको सर्लाही जिल्ला कोरोना सङ्क्रमणमुक्त जिल्ला भएको छ । सो जिल्लाको संस्थागत र होम आइसोलेसनमा एक जना पनि कोरोनाका संक्रमित नरहेको मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मधेश प्रदेशका पर्सा जिल्ला बाहेक कुनै पनि जिल्लाको कोरोनाका संक्रमित अस्पताल वा संस्थागत आइसोलेसनमा कोरोनाका सक्रिय संक्रमित नभएको स्वास्थ्य निर्देशक विजय कुमार झाले जानकारी दिनु भयो ।

पर्सा जिल्लाको आइसियुमा एक जना कोरोनाका संक्रमित उपचारमा रहेको भएपनि अन्य जिल्लाको अस्पताल तथा आइसोलेसन पूर्ण रुपमा नै खाली भएको छ । तर होम आइसोलेसनमा अहिले पनि विभिन्न जिल्लाहरूमा कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

जस अनुसार सप्तरी जिल्लामा ७, सिरहामा ३, धनुषामा ४०, महोत्तरीमा २४, सर्लाहीमा कोही पनि सक्रिय संक्रमित रहेको छैन । यसै गरी रौतहट जिल्लामा ८, बारामा ९० तथा पर्सा जिल्लामा २ सय २७ जनाले होम आइसोलेसनमा रहेर चिकित्सकको परामर्शमा उपचाररत रहनु भएको छ ।

अहिले प्रदेश भरिमा गरेर ४ सय जना कोरोनाका सक्रिय संक्रमित भएको बताउँदै निर्देशनालयले कोरोनाका नयाँ संक्रमित थप हुने क्रम नगन्यमा पुगेकाले केही दिनमा होम आइसोलेसन खाली हुने अवस्था रहेको स्वास्थ्य निर्देशक झाले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया