बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

बागमती प्रदेशको मन्त्रिपरिषद विस्तार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रदेशको नाम र राजधानी टुंगो लगाएपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल मन्त्रिपरिषद विस्तारको परामर्शमा जुटेका छन् । मंगलबार संघीय राजधानी आएका पौडेलले बुधबार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर परामर्श गरेका हुन् ।

प्रदेशसभा सदस्यसमेत रहेका पौडेल निकट नेकपा नेता दीपक निरौलाले माघ महिनाभित्र बागमती प्रदेशको मन्त्रिपरिषद बिस्तार हुने बताएका छन । उनले प्रदेशको नाम र राजधानी टुंगो लगाएपछि पार्टी नेतृत्वको समझदारीमा मन्त्रिपरिषद पुनर्गठन हुने यसअघिनै तय भएको बताएका छन ।

नेकपा स्रोतका अनुसार केशव स्थापितलाई बर्खास्त गरेपछि मुख्यमन्त्रीसँगै रहेको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी रामेश्वर फुयालले पाउने निश्चित भएको छ । हाल प्रदेशसभामा नेकपाका प्रमुख सचेतक रहेका फुयाल यसअघि संविधानसभा सदस्य भइसकेका नेता हुन् ।

फुयाल मन्त्री भएपछि प्रमुख सचेतक निरौला बन्ने सम्भावना छ । उनी यसअघि सचेतक थिए, तत्कालीन माओवादीका बुद्धिमान माझीलाई उनले सचेतक छाडेका थिए । ७ वटा मन्त्रालय रहेकाले फुयाल मन्त्री भएपछि महिलासहित अन्य केहीलाई राज्यमन्त्री बनाउने तयारी छ ।

राज्यमन्त्रीमा पूर्वमाओवादीबाट कुमारी मोक्तान प्रमुख दाबेदार हुन् । यसअघिनै उनी मन्त्री बन्ने भनिए पनि बादल पक्ष भएकै कारण अन्तिममा उनको नाम हटाएर युवराज दुलाललाई बनाइएको थियो । मोक्तान पहिलो संविधानसभामा पनि मकवानपुरबाट निर्वाचित भएकी थिइन् ।

पूर्वमाओवादीबाट प्रचण्डको गृहजिल्ला चितवनकी कन्चन खनालले पनि राज्यमन्त्रीका लागि लबिङ गरिरहेकी छन् । त्यस्तै दोलखाका विशाल खड्का र सिन्धुलीका बुद्धिमान माझी पनि राज्यमन्त्रीका दाबेदार हुन् ।

पूर्वएमालेबाट भने ललितपुरका ज्ञानेन्द्र शाक्य राज्यमन्त्री बन्ने सम्भावना छ । बसन्त मानन्धर मन्त्रीका दाबेदार हुन् । मन्त्री फुयाल हुनेपछि नेकपा केन्द्रीय सदस्य रहेका उनी राज्यमन्त्री बन्छन् कि बन्दैनन् भन्ने टुंगो लागेको छैन ।

महिलाबाट दोलखाकी शरस्वती बस्नेत, भक्तपुरकी सरस्वती बाटी, काठमाडौंकी रमा आले मगर राज्यमन्त्रीका दाबेदार हुन् । प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले दोलखाकी रचना खड्कालाई राज्यमन्त्री बनाउन चाहेको स्रोतले जनाएको छ ।

प्रदेश राजधानी काभ्रे लैजान लबिङ गरेका चन्द्र लामा पनि राज्यमन्त्रीका दाबेदार हुन् । उनलाई भौतिक पूर्वाधार राज्यमन्त्री बनाउन लबिङ भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार