मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

झापाको बुधबारेमा निःशुल्क स्वास्थ्य शिविर, ७ सय बढीले लिए सेवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः झापाको बुधबारेमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।नेपाल स्काउट बुद्धशान्ति, बुधबारे स्पेस केबल नेटवर्क तथा ब्रोडलिंक इन्टरनेटको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

आफ्ना ग्राहकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दे केबल नेर्टवर्कले स्वास्थ्य शिविरको आयोजना गरेको सञ्चालक सुनिल भट्टराईले बताएउनुभयो ।शिविरमा आँखा, कान, जनरल फिजिसियन तथा स्त्री रोग सम्बन्धी चेकजाँच गरिएको थियो । शिविरमा दृष्टि आँखा अस्पताल बिर्तामोड, बिपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स्, मनमोहन मेमोरियल मेडिकल कलेजले प्राविधिक सहयोग गरेका थिए ।

श्रीकृष्ण प्रणामी मन्दिरको सभा हलमा आयोजित शिविरमा ७ सय बढी स्थानीये सेवा लिएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया