मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

देशभर ६ हजार ९३६ जनाको परीक्षण गर्दा ६८ जनामा कोरोना सङ्क्रमण पुष्टिः मृत्यु शुन्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छ हजार ९३६ जनाको पीसीआर परीक्षण गर्दा ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा तीन हजार १५६ जनाको एन्टिजेन परीक्षण गर्दा १५१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार १० हजार ९२ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर २२४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा २५१ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९८.२प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको जनाएको छ । मंगलबारसम्म मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४९ पुगेको थियो ।

पछिल्ला २४ घण्टामा ९६ हजार ८९ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । त्यस्तै, नेपालमा हाल पाँच हजार ६९२ जना सक्रिय सङ्क्रमित छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया