काठमाण्डौः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ३०.२९ अंकले घटेर दुई हजार ५ सय १४ दशमलब ६५ विन्दुमा रोकिएको हो । त्यस्तै, आज २ अर्ब ३५ करोड २३ लाख बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमा १७१ वटा कम्पनी घटेका छन् भने १९ वटा कम्पनी बढेका छन् । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा माउन्टेन इनर्जी नेपाल रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ८ प्रतिशतले बढेर प्रतिकित्ता ११३५ रुपैयाँ पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया