काठमाडौं: पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पीसीआर विधिबाट ५९ र एण्टीजेन विधिबाट ६ जना गरी कुल ६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
योसँगै कुल संक्रमितको संख्या पीसीआर विधिबाट ९ लाख ७७ हजार ९३७ जना र एण्टीजेन विधिबाट गर्दा एक लाख ३९ हजार ९४२ जना गरी कुल ११ लाख १७ हजार ८७९ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ ।
आजै १९२ जना निको भएकाे स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तिमा उल्लेख छ। हालसम्म नेपालमा ९ लाख ६१ हजार ७० जना संक्रमितहरु निको भएका छन्। नेपालमा काेराेना संक्रमण निकाे हुने दर ९८.३ प्रतिशत रहेकाे छ। नेपालमा सक्रिय संक्रमित ४ हजार ९१७ जना रहेका छन्।
गत २४ घण्टामा आरटी पिसिआर विधिबाट ६ हजार ३०६ र एन्टीजेन विधिबाट एक हजार ६४१ जना गरी कुल ७ हजार ९४७ जनाको काेराेना परीक्षण गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया