कार्तिक २८, २०८३ शनिबार November 14, 2026

निर्माण व्यवसायी महासंघमा पुनः रबि सिंहको प्यानलै निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपाल निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वमा पुनः वर्तमान अध्यक्ष रबि सिंह नै निर्वाचित भएका छन् । आइतवार सम्पन्न भएको २३ औ साधारणसभा र १२ औं अधिवेशनले सिंहसहित उनका प्यानलका सबै उम्मेदवारहरु निर्वाचित भएका छन् ।

निर्वाचनमा ११८१ मत खसेकोमध्ये सिंहले ७६५ मत हासिल गरेका थिए । उनका प्रतिस्पर्धि निकोलस पाण्डेले ३३७ र अर्का प्रतिस्पर्धि हुमनाथ कोइरालाले ३२ मत पाएर पराजित भए ।

अध्यक्षमा सिंहसहित वरिष्ठ उपाध्यक्ष आङ्दोर्जी लामा, उपाध्यक्षहरु प्रदेश १ का मोहन प्रसाद अधिकारी, मधेस प्रदेश शम्भु ठाकुर, बागमती प्रदेशमा बालकृष्ण थापा, लुम्बिनी प्रदेशमा टोप बहादुर रायमाझी, कर्णाली प्रदेशतर्फ रत्न बहादुर खड्का र सुदुरपश्चिम प्रदेशमा प्रकाश सेठी निर्वाचित भएका छन् ।

महासचिवमा वर्तमान महासचिव रोशन दाहाल नै व्याक भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया