काठमाडौंः संघीय संसदको चालु अधिवेशन अन्त्य भएको छ।
संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को चैत १ गतेको सिफारिसमा संघीय संसदको दुवै सदनको चालु अधिवेशन चैत १ गते मंगलबार राति १२ बजेदेखि अन्त्य गरेको जनाएको छ।
अधिवेशन अन्त्य भएसँगै बुधबारका लागि तोकिएको प्रतिनिधि सभा बैठक र अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको राष्ट्रिय सभाको बैठक अन्त्य भएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जनाएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया