काठमाडौंः देशभर आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
४ हजार ७ सय ४७ नमुनाको परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज २ सय २० जना सङ्क्रमणमुक्त भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
यस्तै, आज एक लाख ४५ हजार ९ सय ८४ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया