बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

प्रभु साहको प्रस्ताव–नेकपा र राजपा गठबन्धनलाई निरन्तरता दिऔं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले नेकपा र राष्ट्रिय जनता पार्टीबीचको गठबन्धन मधेशी जनताबाट अनुमोदन भएको दाबी गरेका छन् ।

बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनका लागि नेकपा र राजपा गठबन्धन बनाएर निर्वाचनमा होमिएका थिए । गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । साहले यसलाई गठबन्धन अनुमोदनका रूपमा व्याख्या गर्दै निरन्तरता दिनुपर्ने बताएका छन ।

अध्यक्ष साहले भने, ‘हाम्रो पार्टीसँग राजपाले गठबन्धन निर्माण गर्दा एकथरीले मधेसी जनताको भावनाविपरीत भएको भन्दै विरोध गरिरहेका थिए । गठबन्धनको भोटभन्दा दोब्बर मतले जित निकाल्नु भनेको यो गठबन्धन सही भएको र प्रदेश २ को स्पष्ट जनादेश हो । यो जनादेश नेकपा र राजपा गठबन्धनको निरन्तरताको लागि पनि हो भन्ने बुझ्न जरुरी छ ।

नेकपा र राजपामात्र नभई अन्य दलले पनि नेकपा राजपासँग मिल्ने निर्णयलाई समर्थन गरेको जिकिर गर्दै अध्यक्ष साहले राष्ट्रियसभा निर्वाचनले गठबन्धनको औचित्यको थप पुष्टि गरेको बताएका छन । अध्यक्ष साहले एक वक्तव्यमार्फत यगठबन्धनबाट विजयी उम्मेदवारहरूलाई बधाई तथा मतदातालाई धन्यवाद दिनुको साथै गठबन्धन निरन्तरताको कामना गरेका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार